तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको प्रतितोला मूल्य मंगलबारकै मूल्य १ हजार ३७५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *