त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकमा प्रतापबाबु तिवारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकको जिम्मेवारी प्रतापबाबु तिवारीलाई दिइएको छ। प्रेम ठाकुर निलम्बनमा परेसँगै तिवारीलाई महाप्रबन्धक बनाइएको हो। तिवारी हाल सिभिल एभिएसन एकाडेमीका प्रमुख हुन्। त्यस्तै भैरहवा विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी पनि हंसराज पाण्डेलाई जिम्मेवारी दिइएको छ। उपमहानिर्देशक पाण्डे हवाइ सेवा निर्देशनालयको जिम्मेवारीमा रहेका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले टीआईएमा प्रतापबाबु तिवारी र भैरहवामा हंसराज पाण्डेलाई जिम्मेवारी दिइएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *