काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका अनुसार २ सय २४ जनाको पीसीआर परीक्षणमा २० जना कोरोना देखिएको छ । ९ सय २४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना संक्रमण पुष्टि भएको छ ।