दीपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौं। मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’ बाट दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिनुभएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित हुनुभएको हो । अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ता लिन निवेदन दिएपछि दीपक मनाङे निर्विरोध निर्वाचित हुनुभएको हो । तर यसबारेमा औपचारिक घोषणा भने हुन बाँकी छ ।

उमेदवारी फिर्ता लिन आज दिउँसो ३ बजेसम्मको समय छ । गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले बताउनुभयो । निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उहाँको उमेदवारी फिर्ता भएको सूचना निकाल्नेछ । उहाँको उमेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनेछ ।

मनाङेलाई आफ्नो दलमा ल्याउन उक्त क्षेत्रमा नेकपा एमाले तथा सत्ता गठबन्धनका अरू दलले आफ्ना उमेदवारी उठाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *