काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख तीन सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ रहेको छ । हिजो सुन प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।