काठमाडौँ। नेपालमा इन्टरनेटमा देशभर नै समस्या आएको छ । आइतबार साँझ ८ बजे देशभरका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको थियो ।
इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान)का अध्यक्ष सुधीर पराजुलीका अनुसार भारतीय इन्टरनेट कम्पनी एयरटेल डाउन भएका कारण समस्या देखिएको हो ।
इन्टरनेट प्रयोगकर्ताहरुले वर्ल्डलिंक,सीजी, डिसहोम, सुबिसु, भायनेटलगायतका सेवामा समस्या देखिएको थियो ।