सुर्खेत । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी एकीकृत समाजवादी मात्र भएको बताउनुभएको छ ।
एकीकृत समाजवादी सुर्खेतले बुधबार सुर्खेतमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले जब नेपाल कम्युनिष्ट पार्टी थालनी भयो त्यसै दिनबाट कम्युनिष्ट क्रान्तिको सुरुवात भएको स्मरण गर्नुभयो । तर बिगतदेखि नै कम्युनिष्ट पार्टीको नेतृत्व गलत व्यक्तिको हातमा जानुका बेला बेलामा कम्युनिष्ट क्रान्ति माथि प्रहार भएको उहाँको भनाइ थियो । त्यसकारण पार्टी भित्र पटक पटक विद्रोह भएको खनालले बताउनुभयो ।
बिगतलाई नबुझि वर्तमान बुझिन्न र वर्तमानलाई नबुझी भविष्यलाई बुझिन्न भन्दै नेता खनालले नेपालको परिवर्तन छापामार, र जनयुद्धबाट नभई जनविद्रोहबाट सम्भाव भएको जिकिर गर्नुभयो ।
उहाँले एकपछि अर्को पिढी आउँछ तर विचार कहिले पनि बुढो हुँदैन भन्दै क्रान्तिमा लागिसकेपछि एकछिन पनि आराम लिन नहुने उहाँको तर्क थियो । अहिले पनि आफूहरु नयाँ क्रान्तिमा रहेको बताउँदै उहाँले आफू उमेरले बुढो भए पनि विचार जवान भएको दाबी गर्नुभयो ।
२०७४ सालको स्थानीय निर्वाचनको परिणामले बालुवाटार जाने लक्ष बनाएर त्यतिबेलाको नेतृत्वले एमाले र माओवादीबीच चुनावी तालमेल सहितको पार्टी एकताको घोषणा गर्यो । यो एक उपलब्धि त थियो तर त्यो दुई तिहाईको सरकारले न जनताको लागि काम गर्यो नत सर्वसाधारणको लागि सबै समृद्धि त सपना मात्र भए, कृषि क्रान्ति गर्न बैज्ञानिक सेवा दिनसक्ने हो भने यो देशका लाखौ जनताहरु कम्युनिष्ट पार्टी छोडेर कतै जादैनन तर त्यतिबेला केपि ओलिको दिमागमा कहिले घुसाउन सकिएन । हाम्रो देशमा अनेक सम्भावना छन् । जसलाई औद्योगिकरण गर्न सकेमात्र धेरै ठूलो उपलब्धि हुनेछु उहाँले भन्नुभयो ।