सुर्खेत । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिका दैलेखको भैरवीमा कांग्रेसले एमालेको गढ भत्काएको छ ।
त्यहाँ पालिकाको अध्यक्षमा कांग्रेसकी रिताकुमारी शाही ३९७६ मत ल्याएर विजयी हुनुभएको छ । शाहीसँग एमालेका सर्वराज महतारा मात्र १६ मतले पराजित हुनुभएको छ । उहाँले ३९६० मत पाउनुभएको छ ।
उपाध्यक्षमा पनि कांग्रेसकै देवी भण्डारीले ३३७४ मत ल्याएर विजयी हुनुभएको छ । एमालेबाट उपाध्यक्ष लडेकी पदमकुमारी विष्टले ३२२७ मत प्राप्त गर्नुभएको छ । विष्ट ०७४ मा उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।