दोलखा । दोलखामा बिहीबार बिहान भूकम्प गएको छ । जिल्लाको भीमेश्वर केन्द्रबिन्दु भएर बिहीबार बिहान ६ः २ बजे भूकम्प गएको हो । भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर गएको भूकम्प ३.७ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।