धनकुटामा माघ ६ देखि १६सम्म प्रादेशिक मेला हुने

धनकुटा । धनकुटामा आगामी माघ ६ गतेदेखि १६ गतेसम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी मेला हुने भएको छ ।

आयोजक उद्योग वाणिज्य संघ धनकुटाले धनकुटा सदरमुकाममा आज आइतबार पत्रकार सम्मलेल गर्दै यस्तो जानकारी गराएको हो । ‘कृषि पर्यटन, स्वाथ्य, शिक्षा, रोजगार उद्योगर व्यापार समुन्नत १ नम्बर प्रदेशको आर्थिक विकासको आधार’ भन्ने नाराका साथ धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा ११ दिने महोत्सव गर्न लागिएको आयोजक संस्था धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिनुभयो ।

महोत्सवमा १ सय ५० वटा स्टल रहने र १ सय ३५ वटा स्टलमा प्रदेश-१ का विभिन्न जिल्लाहरुमा उत्पादित वस्तुहरुको प्रदर्शनी र १५ वटा स्टलमा स्थानीय तथा जातीय खानाका परिकार रहने आयोजक उद्योग वाणिज्य संघ धनकुटाका महासचिव रामबहादुर गोङ्गवा तामाङले बताउनुभयो ।

महोत्सवमा १ लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गनेरू र महोत्सव सम्पन्न गर्नका लागि करिब ७७ लाख लागत लाग्ने भएको छ । ५ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *