नागरिकता विधेयकको विरोधमा भएको विरोधमा प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं । नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडौ‌मा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ ।

राष्ट्रपतिले संसदमा पुनर्विचारका लागि फिर्ता पठाउनुभएकाे नागरिकता विधेयक जस्ताेकाे तस्तै पारित गराउने गठबन्धनले निर्णय गरेपछि यसकाे विराेधमा युवाहरू प्रदर्शनमा उत्रिएका हुन् ।

प्रहरीले केही प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *