नारायणी नदीमा पानीको बहाव उच्च, सर्तक रहन आग्रह

काठमाडौं । नारायणी नदीमा जलसतह सतर्कता तह नजिक पुगेको छ ।  देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमलव ३ मिटर नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जलसतह बढ्दो क्रममा रहेको छ र जलाधारमा थप वर्षा हुने पूर्वानुमान रहेको विभागले जनाएको छ । त्यसैले चितवन र नवलपरासीको तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *