काठमाडौं । निर्माण व्यवसायीहरु प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । आफूहरुले विभिन्न ठाउँमा सरकारी ठेक्का लिएर काम गरेको रकम नपाएको भन्दै धर्ना दिएका हुन् ।
सरकारले असार मसान्त सकिएर आधा साउन भइसक्दा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै उनीहरूले आज बालुवाटारस्थित प्रधानमन्त्रीको निवास अगाडि धर्ना दिएका हुन् ।
रकम भुक्तान नगरेको र म्याद थप सम्बन्धी निर्णयको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघको अगुवाइमा सेफ्टी हेल्मेटसहित एक घण्टा धर्ना दिइएको हो । उनीहरू नारा लगाउँदै बालुवाटार छिर्ने बाटो अगाडि बसेका थिए ।
सरकारले तरलताको अभाव देखाउँदै लामो समयदेखि ठेक्काको रकम नदिएको उनीहरुले आरोप लगाएका छन् ।