निलम्वित प्रधानन्यायाधीश राणासँगकाे तेस्राे बयान आइतबार लिइने

काठमाडाैं । संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँगकाे दाेस्राे बयान लिएकाे छ । समितिले दाेस्राे बयान बुधवार लिएकाे हाे ।

बुधबार समितिका सबै प्रश्न सोध्न समय नपुगेपछि उहाँसँग पुन: आइतबार फेरि बयान लिने गरी बाेलाइएकाे छ ।

समितिका एक सदस्यले दिएकाे जानकारी अनुसार बिहीबारको बैठकमा पनि राणासँगको बयान नसकिएपछि समितिले उहाँलाई आइतबारका लागि बोलाएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *