निवर्तमान प्रदेश प्रमुख अहिराजद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०१औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आयोजिक एक समारोहमा निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

३०१औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समितिद्वारा आयोजित बुधबार बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ८ स्थित पृथ्वी पार्कमा रहेको पृथ्वीनारायण शाहको शालिकमा डा।अहिराजले माल्यार्पण गरेका हुन् । पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणपश्चात सम्बोधन गर्दै डा।अहिराजले पृथ्वीनारायण शाहले दिएको दिव्य उपादेशलाई अवलम्बन गर्न सुझाए ।

देशलाई पराराष्ट्र नीतिमा कसरी बलियो बनाउने, अर्थलाई कसरी बलियो बनाउने र छिमेकी राष्ट्रहरुसँगको सम्बन्ध कसरी राम्रो बनाउने दिव्य उपादेशमा रहेको सुनाए । ‘तर, हामी बिच एकता नहुँदा हाम्रो देशले विकासमा पछि परेको छ । यदि हामी बिच एकता कायम भयो भने नेपाललाई समृद्धि बनाउन धेरै समय कुर्न नपर्ने’ डा. अहिराजले भनाई राखे ।

हामी बिच एकता मात्र भयो भने नेपाललाई समृद्धि बनाएर १० वर्षमा विदेशबाट श्रमिक मगाउनु पर्ने स्थिती सिर्जना हुने डा। अहिराजले दावी गरे । पृथ्वीनारायण शाहले देशलाई भौगोलिक रुपमा एकिकरण गर्नुभयो’डा.अहिराजले भने,‘तर नेपाली बिचको भावनात्मक एकिकरण गर्न हाम्रो काँधमा जिम्मेवारी छ ।’

कार्यक्रममा बज्रदल नेपाली सेनाको गण राँझा नेपालगन्ज बाँकेले सलामी अर्पण गरेको थियो । सो कार्यक्रमको प्रमुख अतिथि डा।अहिराज थिए भने बर्दिया जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर विष्टले गरेका थिए । यसैगरी, कार्यक्रमको अध्यक्षता नागरिक मूल समारोह समितिका अध्यक्ष कमलराज पौडेल ९देव कमल०ले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति अरुण प्रताप सिंह, एमालेका जिल्ला सचिव अंगत श्रेष्ठ, जनमत पार्टीका मंगरे गोरिया, सामाजिक संस्थाहरु, नागरिक समाजका अगुवाहरु, लायन्स क्लब, बर्दिया युवा क्लब लगायतका उपस्थिति रहेको थियो । नागरिकस्तरबाट नेपालकै पहिलो स्थापित पृथ्वीनारायण शाहको शालिक बर्दियाको गुलरिया–८ स्थित पृथ्वी पार्कमा रहको छ । सो शालिकको अनावरण गत वर्ष २०७८ पुस २७ गते पृथ्वी जयन्तीकै दिन निवर्तमान प्रदेश प्रमुख डा. अहिराजले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *