नेकपा एसको पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दै

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दै छ । प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा देशभरबाट करिब एक हजार ५ सय जना सहभागी हुने उक्त पार्टीले जनाएको छ ।

बैठकमा पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा छलफल हुने सो पार्टीका प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा पार्टीका महासचिव डा. वेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । सो प्रतिवेदनमा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणका साथै कम्युनिष्ट आन्दोलनमा देखापरेका समस्याबारे चर्चा गर्दै आगामी कार्यदिशा बारे उल्लेख छ । महासचिव भुसालको प्रतिवेदनमाथि बैठकमा सहभागीहरुले छलफल गरेर पार्टीको आगामी कार्यदिशा तय गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *