नेपाली कांग्रेसले सरकारको नेतृत्व लिने देउवाको दाबी

काठमाडौं । संसदको ठूलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व लिने दाबी गर्ने भएको छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व अब कांग्रेसले गर्ने बताउनुभएको छ । 

कांग्रेस सभापति देउवाले मंगलबार पार्टी निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा त्यस्तो बताउनु भएको हो । सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिने धारणा व्यक्त गर्नुभयो । 

‘आज हाम्रो पार्टी सरकारमा छ, भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ’ उहाँले भन्नुभयो– कांग्रेसले धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो ।’

सभापति देउवाले संविधान जोगाउन कांग्रेस गठबन्धनमा रहेको बताउनुभयो । देउवाले कांग्रेसको सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि जुट्न नेता, कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *