काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो । योसँगै प्रतितोला सुनको मूल्य एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन एक लाख नौ हजार ५०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला एक लाख नौ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख आठ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार भाउ स्थिर रहँदै चाँदी एक हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।