काठमाडौं । मलेसियाविरुद्धको तेस्रो टी–२० क्रिकेटमा नेपाली राष्ट्रिय महिला टोलीले दोस्रो जित हात पारेको छ । बिहीबार बिहान बाङ्गीमा भएको श्रृंखला अन्तर्गतको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियामाथि २७ रनको जित निकालेको हो ।
यो जितसँगै नेपालले ५ खेलको श्रृंखलामा मलेसियामाथि २–१ को अग्रता कायम गर्न सफल भएको छ । तेस्रो खेलमा टस हारे। पहिले ब्याटिङ्गको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय १० रनको योगफल खडा गरेको थियो । उसका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २७ रनको पारी खेल्दा ज्योति पाण्डेले २३, सीता रानामगरले २१ र ईन्दू बर्माले २० रन जोडका छन् ।
बलिङ्गमा मलेसियाका लागि निक नुर अतिएलाले दुई तथा आइसा एलिसा र विनिफ्रेड एनले एक–एक विकेट हात पारे । १११ रनको लक्ष्यसहित जवाफि ब्याटिङ्गमा आर्लिएको घरेलु टोलि मलेसियाले २० ओभर नै खेल्दै ४ विकेटको क्षतिमा जम्मा ८३ रनमात्र बनाउन सक्यो । उसका लागि माहिराह इजाती ईस्माइलले उत्कृष्ट पारी खेल्दै नटआउट ४४ र विनिफ्रेड एनले २० रनको पारी खेलेपनि अन्य ब्याटरले साथ दिन नसक्ला मलेसियाले हारको सामना गर्न परेको हो ।