नेप्सेमा गिरावट

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज बजार ०.३६ अंकले घटेको छ । उक्त दिन बजार परिसुचक नेप्से २०४०.७० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रकममा पनि गिरावट आएको छ । आज १ अर्ब ४० करोड ५९ लाख ७४ हजार रुपैयाँ बराबरको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर खरिदबिक्री भएको हो ।

उक्त दिन सामलिङ पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीका सेयर मूल्य ५.१४ प्रतिशतले घटेको छ । त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको ५.०५ प्रतिशत र सिंगटी हाइड्रो इनर्जी कम्पनीको ३.६४ प्रतिशतले घट्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *