नेप्से २.५७ अंक घटेर १९५६.३६ विन्दुमा रोकियो

काठमाडौं। यस दिन नेप्से परिसूचक २.५७ अंक घटेर १९५६.३६ विन्दुमा रोकिएको छ । कारोबारमा आएका २२६ धितोपत्रको २७ लाख ७३ हजार ७३७ कित्ता सेयर खरिद–बिक्री भएको छ । दुई महिनापछि सोमबार दुई अर्बभन्दा बढीको सेयर कारोबार भएकामा मंगलबार ९आज० कारोबार रकम आधा घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सोमबार दुई अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज भने एक अर्ब पाँच करोड ६० लाख रुपैयाँको मात्र सेयर कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको आठ करोड ५७ रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

यस दिन कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.७७ प्रतिशतले घटेर ९२२ रुपैयाँ ५० पैसा कायम भएको छ । यो कम्पनीले आज प्रकाशन गरेको पहिलो त्रैमासिक वित्तीय विवरणमा नाफासँगै खुद ब्याज आम्दानी घटेको हुँदा लगानीकर्ताको आकर्षण घटेको हो । कारोबारमा आएका १३ समूहमध्ये चार समूहको परिसूक बढेकोे छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा जीवन बिमा समूहको परिसूचक १.०३ प्रतिशत छ । सर्वाधिक परिसूचक घट्नेमा व्यापार समूहको परिसूचक १.५६ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *