काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूको पक्षविपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिनुभएको छ ।
उहाँले स्थानीय प्रशासनले निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताउनुभएको हो ।
उहाँले स्थानीय प्रशासनका कर्मचारीहरूले चुनाव लक्षित राजनीतिक दलका कुनै पनि उम्मेदवारहरूसँग पक्षविपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्न सक्ने बताउनु भयो । कुनै पनि स्थानीय प्रशासनहरू उम्मेदवारहरूको पक्षविपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चार माध्यामहरुलाई आग्रह गर्नुभयो । उहाँले निर्वाचनलाई असर पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न नपाइने पनि बताउनुभयो ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरू कामको सिलसिलामा राजनैतिक दलका नेता कार्यकर्ता उम्मेदवारसँग नजिक भएर काम गर्ने भएकोले निर्वाचनको समयमा पक्ष/विपक्षमा उभिने सम्भावना भएको भन्दै सबै सजग हुनुपर्ने बताउनुभयो । आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतका कार्यालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरूको गतिविधिमा सूक्ष्म ढङ्गले निगरानी राखेको पनि बताउनुभयो ।