पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ७४० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एक हजार ५७४ जनाको पीसीआर परीक्षणबाट ३५ र दुई हजार १६६ जनाको एन्टीजेन परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १३१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको छ ।

देशभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९६६ रहेको मन्त्रालयले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *