काठमाडौं । पछिल्लो २४ घण्टामा ८८८ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ३१५५ पीसीआर र २५८२ जनाको एन्टीजेन परीक्षणका क्रममा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे।
गत २४ घण्टामा ४७४ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ९ लाख ७६ हजार ८३ पुगेको छ। उक्त अवधिमा एक जनाको मृत्यु भएको छ।
योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर हाल ५ हजार ३८७ जना सक्रिय संक्रमित छन्।