परराष्ट्रमन्त्रीमा साउद र भौतिक राज्यमन्त्रीमा नन्दा चपाई नियुक्त

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शीतल निवासमा आयोजित समारोहमा मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौं पटक मन्त्रिमण्डल बिस्तार गर्दै  कांग्रेस नेता साउदलाई  परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको हो । 

नेकपा एकीकृत समाजवादीकी नेत्री नन्दा चपाई  पूर्वाधार तथा यातायात राज्यमन्त्री नियुक्त हुनुभएको छ । राज्यमन्त्री चपाईलाई प्रधानमन्त्रीले त्यही समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *