परराष्ट्र मन्त्री नारायण खड्का विजयी

उदयपुर । उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का निर्वाचित हुनुभएको छ । तर मतगणना जारी रहेकोले औपचारिक विजयी घोषणा हुन भने बाँकी छ । 

२ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खड्काले २ हजार १५० मतको अग्रता लिनुभएसँगै जित निश्चित भएको हो । 

खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहनुभएको छ । एमालेकी मन्जु चौधरीले हालुम्म २७ हजार ८९६ मत पाउनुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *