पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न माग

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गर्नु भएको छ । 

सांसद गौतमले धर्मको नाममा जलहरी चढाउनेजस्ता नौटंकी बन्द गरी पशुपतिनाथमा चढाइएका सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गर्नु भएको हो । मंगलबार प्रतिनिधिसभाको दोसो बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै पशुपतिनाथमा अर्पित जलहरीमा आफ्नो नाम लेखाएको भन्दै निन्दा र भत्सर्ना समेत गर्नु भयो । 

सांसद गौतमले पशुपतिनाथको मन्दिरमा दान पेटिका हराएको, घ्याम्पो हराएको जस्ता कुराहरु बाहिर आएको उल्लेख गर्दै त्यसबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नु भयो । सांसद गौतमले पशुपतिनाथमा चढाइएको सुनको जलहरी अख्तियार दूरुपयोग अनुसन्धान आयोगले परीक्षण गर्नु भने राम्रो काम भएको बताउनु भयो । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *