फिदिम। पाँचथरको फिदिममा टेम्पो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएकाे छ । दुर्घटनामा चार जना घाइते भएका छन् । ज्यान गुमाउनेमा फिदिम–६ का ५५ वर्षीया हरिमाया तुम्रोक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा फिदिम–६ का वसन्ती लिम्बू, सन्देश लिम्बू र फिदिम–७ का कुशल लिम्बू र चालक दीपक लिम्बू हुनुहुन्छ । दुर्घटनामा घाइते भएकी हरिमायालाई उपचारार्थ पाँचथर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीकाे भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले सिवाबाट फिदिमतर्फ आउँदै गरेको प्रदेश ०१००१ स ८७०५ नम्बरको टेम्फो फिदिम नगरपालिका–१ समर्पित अस्पताल नजिकै दुर्घटनामा परेको बताउनुभयो ।