पुष्पलाल श्रेष्ठको योगदान युवा पंक्तिलाई बुझाउन आवश्यक

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदान युवा पंक्तिलाई बुझाउन आवश्यक रहेको बताउनुभएको छ । 

पूर्वप्रधानमन्त्री नेपालले सोमबार प्रधानमन्त्री निवासमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहमा पुष्पलाललाई नेपालको राजनीतिमा शिखर व्यक्तित्वको रुपमा स्मरण गर्नुभयो ।

कम्युनिष्ट आन्दोलनको जन्मदाता, शुरुवात कर्ता, संस्थापक मात्रै नभइ पुष्पलाल नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व रहनुभएको उहाँको भनाई छ । ‘पुष्पलालले नेपाली कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरंकुश सत्तालाई फाल्न सकिँदैन भनेर धेरै पहिला नै भन्नुभएको थियो’ उहाँले भन्नुभयो– ‘पुष्पलालले भनेअनुसार नै धेरै पछि कांग्रेस र कम्युनिष्ट मिलेर आन्दोलन गरेपछि मात्रै पञ्चायती व्यवस्था ढालेको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *