पुस २६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिन चाहेको भन्दै संघीय संसदलाई पत्र लेख्नु भएको छ।

विश्वासको मत लिन संघीय संसदलाई पत्र प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिजुभयो। ुबैठकको एजेण्डामा राखिदिनुस भनेर अनुरोध आएको छ,ु पाण्डेले भन्नुभयो। प्रतिनिधि सभाको २६ गतेको बैठकमा प्रचण्डले विश्वासको मत लिनुहुने छ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको छ। संसदका जेष्ठ सदस्य पशुपति शम्शेर राणाले २२ गते सर्वदलीय बैठक बोलाउनु भएको छ। उक्त बैठकले प्रतिनिधि सभाको बैठकको एजेण्डा तय गर्ने छ।

सरकारलाई ७ दलका १६६ र ३ जना स्वतन्त्र गरी १६९ जनाको समर्थन छ। प्रतिनिधि सभामा विश्वासको मत पाउन प्रचण्डले २७५ सदस्यमध्ये १३८ जनाको मत आफ्नो पक्षमा रहेको देखाउनुपर्ने छ। विश्वासको मत लिनुअघि प्रतिनिधि सभाको नियमावली पारित हुनुपर्ने पाण्डेले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *