पूर्वसहमति अनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल गर्न लागेको हो: सम्मानित नेता खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री पूर्वसहमति अनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल गर्न लागेको बताउनुभएको छ । 

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद खनालले छ महिनासम्म एउटा समूह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषद्मा पठाउने पार्टीमा पूर्वसहमति गरिएको स्पष्ट पार्नुभयो ।  सम्मानित नेता खनालले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने जिकिर गर्नुभयो । 

प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न नमानेको तर्फ संकेत गर्दै उहाँले कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने त्यो सम्बन्धित पार्टीको सार्वभौम कुरा भएको बताउनुभयो । पार्टीको निर्णयलाई कसैले रोक्न वा प्रभावित पार्न नसक्ने उहाँको भनाइ थियो । 

समाजवादीले बहालवाला ४ मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै नयाँ मन्त्रीको नाम सिफारिस गरे पनि प्रधानमन्त्रीले नमान्दा नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोकिएको छ । प्रधानमन्त्री देउवाले अहिले संसदमा बजेटमाथि मन्त्रालयगत छलफल जारी रहेको र संसदमा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिनुपर्ने भन्दै तत्कालका लागि मन्त्री हेरफेर गर्न नसमल्ने तर्क गर्नुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *