पूर्व प्रदेश प्रमूख अहिराजले गरे सिरहाको मदरसामा शैक्षिक सामाग्री र लोगो वितरण !

काठमाडौं । मधेश प्रदेशका पूर्व प्रदेश प्रमूख डा राजेश अहिराजले सिरहाको मदरसामा पुगेर शैक्षिक सामाग्री र लोगो वितरण गरेका छन् । तराईको वस्तुस्थिती बुझ्न लहान पुगेका उनले बच्चाहरुलाई शैक्षिक सामाग्री र झण्डाको लोगो वितरण गरेका हुन् ।

पछिल्लो समय उनले देशका विभिन्न जिल्लामा पुग्ने, बच्चाहरुलाई पढाउने शैक्षिक सामाग्री र नेपालको लोगो पनि वितरण गर्दै आइरहेका छन् ।

उनले शिक्षक, अभिभावक र देशका विभिन्न निकायमा रहेका व्यक्तिहरुलाई पनि लोगो लगाउँदै आएका छन् । जसले गर्दा देश र राष्टप्रतिको सम्मान उच्च हुने उनको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *