काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनमा बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ।
यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा पुगेको छ। बिहीबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ११७० रुपैयाँमा कारोबार भइरहेको छ।