प्रतितोला १४०० ले उकालो लाग्यो सुनको मूल्य

काठमाडौ। सुनको मूल्य एकैदिन एक हजार चार सय रुपैयाँले बढेको छ । मंगलवारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको थियो । महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *