प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित 

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको छ ।  

बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।  पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूको शपथ पछि हुनेछ । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । 

सांसदहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ सांसद राणालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । 

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराउनुभएको थियो ।  शपथ ग्रहणसँगै सांसदहरूले औपचारिक रूपमा संघीय संसद्को लोगो समेत प्राप्त गरेका छन् । शपथ ग्रहण कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर शपथ ग्रहणमा पुगेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *