प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं। विभिन्न जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल गर्न आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठकको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची राखिएको छ।

त्यसैगरी, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाऊ आदेश सदनमा पेस गर्ने लगायतको कार्यसूची पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *