प्रधानमन्त्रीद्वारा पाँच वर्षभित्र आर्थिक वृद्धिदर दुई अंकको नजिक पुर्याउने प्रतिबद्धता

काठमाडौं। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक पु¥याउने प्रतिबद्धता जनाउनुभएको छ ।

सम्बोधन गर्दै प्रधानमन्त्रीले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहे पनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दोहोरो अंकको नजिक पु¥याउने बताउनुभएको हो । वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिदै उहाँले प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताउनुभयो ।

रोजगारी हुने क्षेत्रमा सरकारले लगानी गर्ने बताउदै उहाँले लगानीमैत्री वातावरण निर्माण गरिने प्रतिवद्दता व्यक्त गर्नुभयो । उहाँले मलको अभाव हुन नदिन देशमै मल कारखाना खोलिने बताउनुभयो । जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *