प्रधानमन्त्री देउवाद्धारा चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन

काठमाडौं । चोभारमा निर्मित सुक्खा बन्दरगाह सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बन्दरगाहमा निर्मित स्तम्भ अनावरण गर्दै वीरगन्जबाट आएका मालवाहक गाडीको प्रवेश गराएर बन्दरगाहको उद्घाटन गर्नुभयो।

अब काठमाडौं आएका मालवाहक गाडी सिधै यो बन्दरगाहमा जाँचपास हुनेछन् । ०७५ माघमा शिलान्यास भएको सुक्खा बन्दरगाह १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, कोभिड–१९ का कारण निर्माण प्रभावित भए पनि निर्माण सम्पन्न भएको नौ महिनापछि मात्रै बन्दरगाह सञ्चालनमा आएको हो । निर्माण गएको असारमै सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *