प्रधानमन्त्री देउवाद्वारा दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ ।

वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरीमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २ सय जनाको सहभागीता रहेको छ। जसमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागीता जनाउने बताइएको छ ।

सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी क्षेत्रीय नीतिनिर्माणका लागि सुझाव प्रस्तुत गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *