काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरास्थित रुवाखोलामा मतदान गर्नु भएको छ। प्रधानमन्त्री देउवा आज नै धनगढीस्थित निवासबाट मतदान गर्न डडेल्धुरा जानुभएको हो।
देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नुभयो। यसअघिको निर्वाचनमा पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मतदान गर्नु भएको थियो।