जुम्ला। जुम्लामा नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत प्रमुख सेनानी अञ्जन रुपाखेतीको शव फेला परेको छ । सोमवार बिहान चिया खाने समयमा चिया लिएर जाँदा रुपाखेती मृत भेटिनुभएको र उहाँले आत्महत्या गरेको हुन सक्ने नन्द बक्स गण जुम्लाका गणपति रविन थापाले बताउनुभयो ।
उहाँले रुपाखेतीको निधनले एक कुशल कमान्डर तथा सहकर्मी गुमाएको बताउनुभयो । उहाँका अनुसार प्रमुख सेनानी रुपाखेतीले अहिले अप्रेशन क्षेत्र हेरिरहनुभएको थियो ।