फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनालाई

काठमाडौँ । कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी बनेका छन्। मेसीकै प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचाल्न सफल भएको थियो ।

मेसीले विश्वकपमा गोल्डेन बल अवार्ड जितेको यो दोस्रो पटक हो । उनले यसअघि २०१४ को विश्वकपमा पनि गोल्डेन बल अवार्ड जित्न सफल भएका थिए । त्यतिबेला अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।

विश्वकपमा दुई पटक गोल्डेन बल अवार्ड जित्ने मेसी पहिलो खेलाडी हुन् । फ्रान्सका फरवार्ड काइलियन एमबाप्पेले फिफा विश्वकप २०२२ को गोल्डेन बुट जितेका छन् । आइतबार भएको फाइनलमा हारका बाबजुद अर्जेन्टिना विरुद्ध ह्याट्रिक गरेपछि एमबाप्पेले प्रतियोगिताको गोल्डेन बुट जितेका हुन् । एमबाप्पेले कतारमा सम्पन्न विश्वकपभर ८ गोल गरेका हुन् । उनले विश्वकपको कुल ७ खेलमा ८ गोल गरेका हुन् । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को उत्कृष्ट गोलकिपर चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *