बम विस्फोटमा ६ जना सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । पाकिस्तानमा श्रृंखलाबद्ध रुपमा भएको बम विस्फोटमा ६ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । पाकिस्तानको बलुचिस्तानमा भएको ७ वटा बम विस्फोटमा १७ जना घाइते भएका हुन् । सुरक्षाकर्मीको गस्तीलाई लक्षित गरी रिमोट कन्ट्रोलबाट गरिएको विस्फोटका कारण दर्जनौं सवारीसाधन र भवनहरुमा क्षति पुगेको छ ।

गत आइतबार पनि बलुचिस्तानमा भएका ५ वटा छुट्टाछुट्टै ग्रेनेड विष्फोटमा जना सैनिकको मृत्यु हुँदा १५ जना घाइते भएका थिए । घटनाको जिम्मेवारी कसैले लिएको छैन । घटना लगत्तै सोही क्षेत्रमा सुरक्षा ब्यवस्था कडा तुल्याई सर्च अभियान थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *