बागमती प्रदेशका निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौं । बागमती प्रदेशका स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखका लागि सोमवारदेखि अभिमुखीकरण कार्यक्रम हेटौडाको होटल एभोकाडोमा आयोजना गरिएको छ ।

संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा बागमती प्रदेशका १ सय १९ वटै स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुख सहभागी हुने बताइएको छ ।

आज र भोलि दुई दिन चल्ने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसहित सबै सहभागीहरु हेटौडा आईपुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *