बाढीपहिरो प्रभावितलाई राहत प्रदान

जुम्ला । जुम्लाको सिंजा उपत्यकमा पर्ने तीनवटा गाउँपालिकाका ३७० घरधुरीलाई राहत वितरण गरिएको छ । 

कनकासुन्दरीका १५० घरधुरी, हिमा गाउँपालिका १२० घरधुरी र सिंजा गाउँपालिका एक सय घरधुरी गरी ३७० घरधुरीलाई बाढीपीडितलाई  राहत वितरण गरिएको हो ।

गएको असोज अन्तिम साता अविरल वर्षासँगै आएको बाढीपहिरोले सिंजा उपत्यकामा पर्ने तीनवटा पालिका सबैभन्दा धेरै धनजनको क्षति भएको थियो ।

उक्त क्षेत्रका बाढीपहिरो प्रभावित घरधुरीलाई प्लान इन्टरनेशनल नेपालको सहयोग त्रिपाल, कम्बल, झुल, पीफम, लेम्प (विजुली), डोरीसहित राहत सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताउनुभयो ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *