बालेन्द्र शाहद्वारा नवौँ राष्ट्रिय खेलकुद २०७९ ट्रफी सार्वजनिक

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बिहीबार वसन्तपुरमा नवौँ राष्ट्रिय खेलकुद — २०७९ को ट्रफी सार्वजनिक गर्नु भएको छ। ओलम्पियन दिपक विष्टको संयोजकत्वमा गठित ५ सदस्यीय ट्रफी टुर कार्यदलको आयोजनामा प्रमुख शाहले ट्रफी सार्वजनिक गर्नु भएको हो।

सरकारले राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ् ट्रफी निर्माण गरेको हो । यसको पहिलो सार्वजनिक भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको थियो। १० लाख लागतमा निर्माण गरिएको ट्रफी नियमित ३ संस्करणका विजेताले स्थायी रुपमा पाउनेछन् । यसमा ५ केजी चाँदी र २ तोला सुनको प्रयोग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *