बैतडीमा बस दुर्घटना

धनगढी । बैतडीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ  । दुर्घटनामा १६ जना गम्भीर घाइते भएका छन् । पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस मेलौली नगरपालिका वडा नम्बर ७ स्थित सुवाखानीमा दुर्घटना भएको हो । बस सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।

दुर्घटनामा पञ्चेश्वर गाउँपालिका(६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभएको छ । 

प्रहरी निरीक्षक खत्रीका अनुसार  भण्डारीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो। बसमा सवार ३९ जना घाइते छन् । उनीहरूको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचार भइरहेको छ  ।  १६ जनालाई डडेल्धुरा लगिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *