भागबण्डा नमिल्दा मन्त्रिमण्डल बिस्तारमा ढिलाई

काठमाडौं । सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा मन्त्रिमण्डल बिस्तारमा ढिलाई भएको छ । सत्ता गठबन्धनमा १० दल छन् । गठबन्धनमा रहेका केही साना दलले २ र अन्यले कम्तीमा २ मन्त्रालय माग दाबी गरेपछि भागबण्डामा सकस भएको हो । भागबण्डा सकसकै कारण आज हुने भनिएको मन्त्रिमण्डल बिस्तार मंगलबारको लागि धकेलिएको छ । 

गठबन्धनको ठूलो नेपाली कांग्रेसले १० मन्त्रालय दाबी गरेको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले कम्तीमा ५ मन्त्रालय हात पार्न चाहेको छ । गठबन्धन टिकाउन निर्णयक भूमिका खेल्दै आएको नेकपा एकीकृत समाजवादीले ३ मन्त्रालय दाबी गरेको छ । बालुवाटार स्रोतका अनुसार प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीलाई ३ मन्त्रालय दिन सकारात्मक हुनु भएको छ तर कुन कुन मन्त्रालय दिने भन्नेबारे टुंगो भइसकेको छैन ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि ३ मन्त्रालय पाउने निश्चित जस्तै छ । तर आउँदो वैशाख १० मा हुने उपनिर्वाचन अघि रास्वपा सरकारमा जान हतारिएको छैन । अन्य दलले जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति र जनमत लगायतका पार्टीले समेत २, २ मन्त्रालय माग गरिरहेका छन् । गठबन्धनमा साना पार्टीको संख्या बढी भएको मन्त्री भागबण्डमा सकस भएको हो । 

मन्त्रीको भागबण्डाबारे छलफल प्रधानमन्त्री दाहालले सोमबार कांग्रेस सभापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता गर्नुभएको थियो । उहाँहरुबीचको छलफलले मन्त्री भागबण्डाको निश्कर्ष भने निकालिसकेको छैन । 

देउवा र नेपालसँगको छलफलपछि प्रधानमन्त्री दाहालले मंगलबार १० दलको बैठक बोलाउनु भएको छ । 
मंगलबार बेलुकी ४ बजे हुने १० दलको बैठकपछि मन्त्रिमण्डलले पूर्णता दिने तयारी भइरहेको  प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *