काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार राति बागलुङ जिल्लामा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको छ ।
केन्द्रका अनुसार बागलुङ जिल्लामा ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो । बागलुङ जिल्लाको अधिकारी चौरको वरपर गए राति १ः२३ बजे ४.७ तीव्रताको भूकम्प आएको थियो ।
‘२०७९/०९/१३ का दिन १ : २३ बजे बागलुङ जिल्लाको अधिकारी चौर वरपर ४.७ एमएलको भूकम्प आयो’, केन्द्रले ट्विट गर्दै लेखेको छ ।