काठमाडौं । मंगलबार बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ ।
गौमुल गाउँपालिका वडा नन्बर– २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्याल्य बाजुराले जनाएको छ । मंगलबार दिउँसो भुकम्प गएको बेला जंगलमा घास काटीरहेको बेला माथीबाट ढुगां खस्दा उनको मृत्यु भएको स्थानीयले बताएको प्रहरीको भनाइ रहेको छ । घटना भएको भनिएको ठाउमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्य थापाले जानकारी दिनुभयो । थापाले स्थानीयले दिएको जानकारी अनुसार अपुष्ट खवर भएकोले यस बिषयमा प्रहरीको टोली घटना स्थलमा पुगेपछि मात्र सबै जानकारी प्राप्त हुने बताउनुभयो ।
अहिले सम्मका तथ्याक अनुसार बडिमालिका नगरपालिका ७ रजातोलीका हरिचन्द पाध्या र सोही नगरपािलका ८ का हर्क गुरुङ र बिरजिते चदाराका घरहरु भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अरू क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरी बडिमालिका ७ सिराडीमा पनि एक घर भत्किएको र मानवीय क्षेती नभएको स्थानिय पत्रकार राम बहादुर बिकले जानकारी दिनुभयो । भूकम्पले जिल्लामा दर्जनौ घरहरुमा क्षती पुगेको अनुमान गरिएको छ ।